सौन्दर्यताले पुर्ण दिव्याको मोडलिङ्गमा जम्ने चाहना (फोटो फिचर)

ईटहरी/ उमेरले भर्खरै १७ टेकेकी दिव्या ढुंगाना ईलाम कि स्थाई बासिन्दा हुन । बिद्यालय अध्ययन देखिनै मोडलिङमा सपना देख्ने गरेकी उनले २०७४ को एसईई परिक्षा दिईसक्ने बित्तिकै सौन्दर्य प्रतियोगिता ‘एसईई आईकन २०१८’ मा भाग लिई बेस्ट फिगरको उपाधि पनि प्राप्त गरेकी थिईन । हाल १२ को अध्ययनको क्रममा रहेकी दिव्या ५ फिट ४ ईन्च उचाईकी छिन । सानो उमेरमै आधा दर्जन फेशन शो हरुमा मोडलको रुपमा र्याम्प नापिसकेकी उनि अबका दिनमा म्युजिक भिडियोहरुमा आउने सोच भएको बताउछिन ।

कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोसुट गर्ने क्रममा उनले म्युजिक भिडियो, चलचित्र र बिज्ञापनमा आफुलाई प्रस्तुत हुने चाहना रहेकोले आर्टिस्ट नेपालमा आबद्द भएको बताईन । परिवारको साथले मोडलिङ्गमा प्रवेश गरेको बताउने दिव्यालाई हेरौ आकर्षक तस्बिरमा ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…