सृष्टिका नर्स सौगात

नेपाली रंग बजारमा सौगात मल्ल र सृष्टि श्रेष्ठको सम्बन्धबारे विभिन्न चर्चा आईरहन्छन् । चलचित्र रोमियो एण्ड मूनाको सुटिङमा रहेकी सृष्टिलाई भेट्न सौगात धरान पुगे । त्यसपछि काठमाडौंमा सृष्टिको हातमा चोट लाग्यो, अस्पताल नै भर्ना हुनु प¥यो । बजारमा सृष्टिले आत्महत्या प्रयास गरेको सम्म हल्ला चल्यो । सृष्टिलाई ‘दराज लडेर हात काटेको ’ भन्दै स्पष्टिकरण दिंदादिंदा हैरान ।

केही समयअघि सृष्टिले ‘माई नर्स’ भन्दै इन्स्टाग्राममा सौगातले खिचेको दुई जनाको सेल्फि पोष्ट गरिन् । स्टाटसमा सौगातको प्रशंसामा ४० शब्द खर्च गर्दै माया दर्शाएकी सृष्टिले सौगातलाई नर्स बनाईन । त्यसको ठ्याक्कै दूइ महिनाअघि सौगातले पनि सृष्टिले खिचेको सामुहिक सेल्फि इन्स्टामै पोष्ट गरेका थिए । सौगात नर्स, सृष्टि प्यासेन्ट रे ।

 

तपाईको प्रतिक्रिया