सुरक्षा जिसि भईन् ‘मिस हेटौंडा युनिभर्सल २०१९ को बिजेता (१० तस्विरहरू सहित)

ईटहरी/ मिस हेटौंडा युनिभर्सल २०१९ सम्पन्न भएको छ । सनिवार हेटौंडामा सम्पन्न ग्राण्ड फिनालेमा हेटौडाकी सुरक्षा जिसिले उपाधी चुम्न सफल भईन् । ड्रीम्स प्रोडक्सनको आयोजनामा भएको उक्त ब्युटी प्याजेन्टको फर्स्ट रनरअप लगिका भट्टराई भईन् भने सेकेण्ड रनरअप कश्मिरा थापा हुन सफल भईन । यस्तै थर्ड रनरअपको उपाधी भने कृशा अर्यालले चुम्न सफल भईन् ।

कलाकार तथा नया नया न्युज नेपालका शिशिर भन्डारी प्रमुख अतिथी तथा आकर्षक रहेको कार्यक्रममा अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्सीले आईएलटीएस फ्री र बिजेता अस्ट्रेलिया जान चाहेमा १ लाख ५० हजार प्रदान गर्ने भएको छ । यस्तै उक्त कन्सलटेन्सीले सहभागी ११ जनालाई नै उपहार प्रदान गरेको छ भने बिजेतालाई कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर बनाउने छ ।

यस्तै करिब ५०० को हाराहारीमा भेला भएको दर्शक बिच बिजेतालाई शिशिर भन्डारीले आफ्नो आगामी म्युजिक भिडियोमा डेब्यु गर्ने मौका दिने उद्घोष पनि गरे । यता शो को फोटोग्राफी पार्टनर रहेको न्यु क्रीयशन स्टुडियोले पनि बिजेतालाई १ वर्षसम्म फोटोशुटमा फ्री गरेको छ । प्रतिष्पर्धीहरु सम्झना फेसन बुटिकले डिजाईन गरेको ड्रेसमा सजिएका थिए । आयोजकले कार्यक्रम भब्य र सभ्य भएको बताए भने “आफ्नो मेहनत र नयालाई यस्तो सुनौलो मौका दिन आफुहरु सफल भएको” आयोजक ड्रीम्स प्रोडक्सनका युबराज चौलागाईंले सुनाए ।

तपाईको प्रतिक्रिया

Loading…