सुरक्षाकाे घेरामा भद्रगोलको सुटिङ ( भिडियो सहित )

हास्य टेलिश्रृंखला भद्रगोल सुरक्षा गार्डको घेरामा छायाँकन हुन थालेको छ । छायाँकन स्थलमा जम्मा हुने भिड नियन्त्रणका लागि दुई जना सुरक्षा गार्डको घेरामा भद्रगोलको छायाँकन हुन थालेको हो ।

मुड्खु भञ्ज्याङमा भद्रगोलको सुटिङ हेर्न र घुम्न आउनेहरुको संख्या बढ्दै गएपछि सुरक्षा गार्ड राखिएको श्रृंखलाका लेखक तथा निर्देशक कुमार कट्टेल (जिग्री)ले जानकारी दिएका छन् । उनी भन्छन्, सुटिङ हेरिरहेका फ्यानलाई हामीले हटाउँदा उहाँहरुलाई नराम्रो लाग्न सक्छ, त्यसैले सुरक्षा गार्डको साहारा लिएका हौँ ।

तस्वीर खिचाउनका लागि शुभेच्छुकहरुको भिड लाग्दा काममा समेत अवरोध हुने गरेको उनको भनाई छ । यस्तै, भद्रगोलका अर्का निर्देशक एवं लेखक अर्जुन घिमिरे (पाँडे) का अनुसार स्पट ब्वाईले गर्दै आएको होहल्ला कम गर्ने र भिड नियन्त्रण गर्ने काम अब सुरक्षा गार्डले गर्ने छन् ।

छायाँकनस्थलमा कतिपय मानिस मदिरा सेवन गरी आएर अनावश्यक होहल्ला गर्ने गरेकाले सुरक्षा गार्ड राखिएको उनको भनाई छ । अरुको देखासेखी भन्दा पनि छायाँकनलाई चुस्त दुरुस्त र व्यवस्थीत बनाउनका लागि सुरक्षा गार्डहरु राखिएको उनीहरु बताउँछन् ।

हेर्नुहोस् भिडियो 

तपाईको प्रतिक्रिया