सुमित खड्काको “नेपाली पन नेपाली मन” सार्वजानिक (भिडियाे)

सुनसरी / सुमित खड्काको “नेपाली पन नेपाली मन” बोलको राष्ट्रिय गीत यूट्यूब मार्फत सार्वजानिक भएकाे छ । गायक सुमित खड्काको आवाजमा कृष्ण बहादुर थापाको शब्द , शक्ति बल्लबको संगितमा रेकर्ड भएको उक्त गितमा राष्ट्रिय गितका चर्चित गायक सुमित खड्काको आवाज रहेको छ।यस गितमा कलाकार दिनेश कोइराला , शिव भट्टराई , सुमन तामांग , रवि , उमेश , शोभाकान्त लगायतको अभिनय रहेको छ।

कोशी भिजन फिल्मस् मार्फत सार्वजनिक भएको उक्त गीतमा आफ्नु जन्मभूमि साथै आफ्नो देश नेपाल प्रतिको माया झल्काउन खोजेको छ । पोखरा , कागबेनि , जोमसोमको मार्फा , मुस्तांग लगायत नेपालका बिभिन्न रमणीय ठाउँहरुमा छायांकन भएको उक्त गितको निर्देशन तथा छायांकन हेमन तामांग र सह छायांकन बिक्रम यम्फुले गरेका हुन्। गीतमा जातजाति भाषा, धर्म,संस्कृतिका मानिसहरु समान हुन् भन्ने सन्देश दिन खोजिएकाे छ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…