“सुपर मोडल हङ्कङ”को ताज नम्रता र बिशाललाई

hongkong

हङकङ /सेन्स अफ क्लिक हङ्कङको आयोजनामा सम्पन्न भएको सुपर हन्ट फर सुपर मोडल सिजन २ को उपाधी बिजेता बनेका छन् नम्रता गुरुङ् र बिशाल राना । महिला तर्फ फस्ट रनर अप सुस्मा लिम्वु र सेकेण्ड रनरअप समृद्धी अर्याल भए भने पुरुष तर्फ युगल राई र आशिष लिम्बु क्रमश फस्ट र सेकेण्ड रनरअप भए ।

हङ्कङ स्थित याउमा तेई कम्युनिटी हलमा आयोजना गरिएको प्रतियोगितामा महिला र पुरुष गरि १९ जना सहभागी थिए । मिस नेपाल कोरियोग्राफर रचना गुरुङ शर्मा, डिजाईनर तेन्जिङ् छितेन भुटिया, मिस हङ्कङ २००० ममिता गुरुङ्, डिजाईनर माया बुर्जा, युमासिए चियरमेन सरला गुरुङ निर्णायक रहेको प्रतियोगितामा तेन्जिङ् भुटिया, बिना गुरुङ, हिमा राई लगायतका आकर्षक डिजाईनरहरु प्रस्तुत गरिएको थियो ।

एसियाकै फेसन हव बनिरहेको हङ्कङमा हुर्किरहेका नेपाली पुस्ताहरुलाई अन्तराष्ट्रिय फेसन जगतमा अभ्यस्त बनाउँन नेपाली फेसन र डिजाईनलाई विश्वब्यापी बनाउँने प्रयास स्वरुप प्रतियोगितालाई निरन्तरता दिईरहेको संयोजक पवन सुब्बा बताउँछन् ।
तस्विर ः ब्लाक पिक

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…