सुन्दरहरैंचा आइडलको सेमिफाइनलमा छानिए १० प्रतिष्पर्धी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैँचा नगरलाई केन्द्र मानी सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरी स्थापना गरिएको सुन्दरहरैंचा सांस्कृतिक परिवारले पहिलो पटक आयोजना गरेको सिङ्गिङ आइडलको सेमिफाइनल चरण सम्पन्न भएको छ । डाक्टर डेबिट क्याफे एण्ड स्पोट बारमा आयोजना भएको सो सिङ्गिङ आइडलको सेमिफाइनलको टप टेनमा १० उत्कृष्ट प्रतिष्पर्धीहरु छनोट हुन सफल भएका छन । टप टेनमा पर्न सफल उत्कृष्ट प्रतिष्पर्धी मध्ये आयुस विष्ट ,स्वरुप खतिवडा , सुमन उराव,एलिस विष्ट, स्वतिका परियार , सुनिल अधिकारी , निसान्त तामाङ ,सागर तामाङ,क्षितिज महरा , समीक्षा घिमिरे रहेको कार्यक्रमका प्रविधिक सहयोगी जेवि थुलुङले जानकारी दिए ।

सुन्दरहरैंचा सिङ्गिङ आइडलको लागि जम्मा १ सय ८५ जाना प्रतिष्पर्धीहरुले भाग लिएका थिए । जसमा जुपिटर स्कुलबाट ८५ जानाले भाग लिएकोमा ५१ जाना छनोट ,सिद्वार्थ स्कुलबाट १ सय जानाले भाग लिएकोमा ४७ जाना छनोट भएका थिए । व्यापार संघमा ९८ जानाले भाग लिएको ४५ जाना टनोट भएर सेमिफाइनलमा प्रतिष्पर्दा गरि टप टेनमा पर्न सफल भएको आयोजक संस्थाका सदस्य निरजकुमार ढकालले जानकारी दिए ।

निर्णायकको रुपमा स्थानीय र बाह्य संगीतकर्मीको सहयोग समेत लिइएकोले सेमिफाइनलबाट उत्कृष्ट १० छनौट गरी उनीहरुलाई दुई हप्ता पूर्ण प्रशिक्षण गराई आगामी असोज ११ गते फाइनल कार्यक्रम गरिने कार्यक्रम का व्यावस्थापक प्रल्लाद थापाले जानकारी दिए । गायन प्रतिस्पर्धाका विजेतालाई क्रमशः रु. २५ हजार सह विजेतलाई रु . १५ हजार र उपविजेतालाई रु. १० हजार पुरस्कार वितरण गरिने आयोजकको भनाइ छ । आइडलको सेमिफाईनलमा राम धामी , शेखर थापा, भीम वस्नेत , रमेश कार्की लगायत निर्णायकहरु रहेका थिए ।

नगरको गायनकलामा उभार ल्याएर गायन क्षमता भएका स्थानीय प्रतिभाहरुलाई सम्मान जनक मञ्च प्रदान गरि क्षमता भई आर्थिक लगायतका कठिनाइका कारण बाहिर आउन नसकेका प्रतिभाहरुलाई सार्वजनिक गर्न सघाउ पुयाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष आन्नद बस्नेतले जानकारी दिए ।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

बेलबारी प्रहरीकाे तारिफ याेग्य काम : चाेरी भएको माेटरसाईकल बरामद माेवायलहरु जिम्मा

ग्राहककाे राेजाई बन्दै सुन्दरहरैंचाको एवान पिजा हाउस

सुन्दरहरैंचा प्रदेश स्तरीय फुटबल खेलको उपाधि झापालाई

सुकुना मा वि को ४८औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

इन्द्रपुर जेसीजकाे अध्यक्षमा भट्टराई

आहत हिपत कविता सङ्ग्रहकाे लाेकार्पण

पूर्वाञ्चल विश्वविद्यालकाे दीक्षान्त समाराेह भव्य रुपमा सम्पन्न (तस्विरहरू सहित)

अनाथ बालवालिकाले पाए न्यानाे कपडा

सफलता तर्फ अघि बढ्दै द व्यायामशाला

लायन्स क्लव सुन्दरदुलारीकाे विभिन्न कार्यक्रम सम्पन्न

तपाईको प्रतिक्रिया