सुगम पोखरेलकाे ‘दर्शन’ सार्वजनिक (भिडियाे सहित)

काठमान्डाैं / सुगम पोखरेलले आफ्नो सातौं गीती संग्रह श्‍वेत हंसिनी’मा समावेश हुने नयाँ गीत ‘दर्शन’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा ईश्‍वरलाई खोज्दै हामी कहाँकहाँ धाउँछौँ तर ईश्‍वर हरेक मानिसमा जीवित हुन्छन् भन्‍न खोजेको छ । लाखौंको भेटी, मिठाई र दूध चढाइन्छन् ईश्‍वरलाई भनेर, तर त्यसमध्ये अलिकति मात्रै पनि दीन दुःखी र आवश्यकतामा परेकालाई सहयोग स्वरूप दिन सकियो भने साँचो धर्म त्यही हुने गीतको भावा रहेकाे छ ।

पोखरेलको यो गीत ‘दर्शन’लाई मनिष बशिष्ठले लेखेका हुन भने संगीत सुगम आफैले भरेका छन् । संगीत संयोजन शैलेन्द्र प्रधानको छ । उत्सव दाहालले छायांकन ताथा विकाश धमलाकाे सम्पादन रहेकाे उक्त म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । अभिनयमा रङ्गमञ्चका कलाकार सफर पोखरेलका साथमा निर्मल दाहाललाई देख्न सकिन्छ । गीत पशुपति क्षेत्र वरपर छायांकन गरिएको छ ।

तपाईको प्रतिक्रिया