सि वि सगरामाथा द्वारा प्रितम आचार्य सम्मानित

इटहरी / यहाँ स्थित सि वि सगरमाथा कलेजले जी.टि.भि. सारेगमप लिटल च्याम्प्स–२०१९ का सेकेण्ड रनर अप, इटहरी ५ निवासी प्रितम आचार्यलाई सम्मान गरेको छ ।

कलेजमा वुधवार आयोजित एक कार्यक्रमका विच कदर पत्र र रु २५ हजार ३ सय ६५ नगद सहीत आचार्यलाई सम्मान गरिएको हो । कलेजका अध्यक्ष दिनेश कुमार भट्टराई र लेखा संयोजक दयाराम भट्टराईद्वारा कदर पत्र र नगद हस्तान्तरण गरिएको कलेजका प्रिन्सिपल सागर भट्टराईले वताए । सम्मान कार्यक्रममा सम्मानित भई आचार्यले दुई गीत समेत गाएका थिए । सम्मान ग्रहण पछि वोल्दै आचार्यले कक्षा ११ र १२ को संगित पढ्न सि वि सगरमाथामै आउने पनि वताएका छन् ।

कार्यक्रममा वोल्दै कलेजका अध्यक्ष दिनेश कुमार भट्टराईले प्रतिभाको सम्मान र कदर गर्दै जाने वताए । उनले डा.भगवान कोइरालाको पहलमा इटहरीमा निर्माण हून लागेको वाल अस्पतालका लागी इटहरी नगर भित्रकै एक विगाह जग्गा दान गर्ने घोषणा समेत गरेका छन । वाल गायक आचार्य उक्त अस्पतालको व्राण्ड एम्बासिडर रहेको संगित साधना इटहरीका महासचिव राजु केसीले जानकारी दिएका हुन् ।

मन्तव्यको क्रममा केसिले संगित र नृत्यको कक्षा संचालन गर्न लागेकोमा सि वि सगरमाथा कलेजलाई वधाई र शुभकामना दिदै प्रतिष्ठानले सवै किसिमको सहयोग गर्ने वताएका थिए । संगित र कलाका लागिप्रदेश नं १ कै गौरव वनेको कलेजलाई सवैले सहयोग गर्न पनि उनले आग्रह गरेका छन ।
कार्यक्रममा मन्तव्य राख्दै कलेजका प्रिन्सिपल भट्टराईले प्रदेश १ को प्लसटु शिक्षाको धार परिवर्तन गर्दै शैक्षिक सत्र २०७६ वाट संगित , नृत्य, जापानिज भाषा र खेल विज्ञान संचालन सुरु गरेको जानकारी दिए । उनले संगित र कलाको विकासमा कलेज सधै लाग्ने वताउदै प्रितम आचार्यलाई संगित विषयको कक्षा ११ र १२ मा पुर्ण छात्रवृति दिने पुर्ण धोषणा पनि गरे । कलेजले कक्षा ११ र १२ मा संचालन गरेको संगित विषयको पठन पाठनमा प्राविधिक सहयोग संगित साधना प्रतिष्ठानको रहेको छ ।

सि वि सगरमाथा इटहरी ४ भुपिमार्गमा रहेको कलेज हो यसले कक्षा नर्सरी देखि स्नातक सम्मको पठन पाठन भइरहेको प्रिन्सिपल भट्टराईले वताए । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटेल व्यवस्थापन, ट्राभल्स एण्ड टुरिजम साथै मानविकी तथा शिक्षा संकायका विभिन्न विषयको पठन पाठन हुदै आएको छ ।

तपाईको प्रतिक्रिया

Loading…