सिरहामा पाँच स्थानिय तहको अन्तिम नतिजा सार्वजनिक

असोज ५ , ईटहरी / नेपालमा पहिलो पटक भित्रिएको नेपालको पहिलो नेपाल आईडल गायन बिधामा अन्तर्राष्ट्रिय फ्रेन्चाईज हो । सुरुवाति दिनबाटै बिरोधको झमेलामा परेको यो गायन प्रतियोगिता अहिले फाईनलको चरणमा आईसकेको छ । टेलिभिजनमा प्रसारण भएको पहिलो एपिसोडबाटै शो का निर्णायकहरु आम दर्शकको आखाको तारो बनेका थिए । एपिवान टेलिभिजनले नेपाल भित्र्याएको यो प्लेटफर्म नेपाल आईडलमा देशका हजारौले नेपालिले आफ्नो गायकी प्रस्तुत गरे ।

विभिन्न चरणमा निर्णायकको छनौट र आम दर्शकको रोजाई र भोटको आधारमा मुख्य ३ प्रतिष्पर्धी निशान भट्टराई, प्रताप दास र बुद्ध लामा बिजेताको अन्तिम लडाईमा पुगेका छन । नेपाल आईडलमा निर्णायकको मात्र बिरोध भएन यहिबाट जातिबादको कुरा पनि सामाजिक सन्जालमा व्यापक भाईरल भयो । यति मात्र हैन एक प्रतिष्ठित कलाकार रामकृष्ण ढाकाल माथी पनि आरोप लाग्यो ।

उनले नेपाल आईडलको मन्चमा पुगेर प्रतियोगी माथी बिबेध गरेको भनेर सामाजिक सन्जालमै जिउदै श्रद्धाञ्जली दिने सम्मको बिरोध भयो । नेपाल आईडलबाट भोटमा समेत दर्शक अन्यौल बने पछि यो कुराले अदालतको ढोका समेत ढकढक्याउनु पर्यो, अन्ततः नेपाल आईडलकै पक्षमा फैसला भयो । अब अन्तिम प्रतिष्पर्धाको लागि कतारको राजधानी दोहामा भब्य शो हुदैछ । यति गर्ने भए शो को नाम पनि “कतार आईडल” राखेको भए हुन्थ्यो भनेर आम नेपाली दर्शकले बिरोधको आवाज गुन्जाए । यसरी बिरोध हुदा हुँदै पनि यहि असोज ६ गते अर्थात भोलि कतारको दोहाबाट नेपालले पहिलो नेपाल आईडल पाउदै छ ।

बिजेताले एक कार सहित २० लाख नगद र अन्य पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै दोश्रो र तेश्रो हुनेले क्रमश १५ लाख र १० लाख सहित अन्य पुरस्कार प्राप्त गर्नेछ । अब निशान, प्रताप र बुद्ध  बिच कस्ले बाजि मार्ने हो ? त्यो भने भोलिको फाईनल शो पर्खिनै पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...