सिमसिमे वर्षामा मेलिना सहितका कलाकारले तताए ताप्लेजुङ (फोटो फिचर)

 ताप्लेजुङ / शुक्रबार दिउँसो ताप्लेजुङ सदरमुकाममा सिम सिम पानी परिरहेको थियो । धुम्मिएर एक्कासी पानी पर्न थाले पछि जाडो उत्तिकै । यतिको जाडो हुँदा घरमै आगो तापेर बस्ने हज्जारौ दर्शक छाता सहित तोक्मेमा थुप्रिए । कारण थियो,दिपावलीको अवसर पार्दै दोखु युवा क्लबले आयोजना गरेको सांगीतिक कार्यक्रममा चर्चित कलाकारहरुको सांगीतिक धमाका ।

कार्यक्रममा गायिका मेलिना राई सहित गायक सुगम पोखरेल, ज्योति मगर लगायतले आफ्ना चर्चित गितहरु दर्शक माझ पस्किएर धमाका नै मच्चाए भने हास्यकलाकार कुमार कट्टेल (जिग्री) अर्जुन घिमिरे (पाँडे) सुबोध गौतम र भरतमणि पौडेल (डुव्लिकेट) ले समेत पेट मिचिमिचि दर्शकलाई हँसाए ।

जिल्लाको पर्यटन प्रर्वद्धनमा योगदान पु¥याउन र जिल्लालाई देश विदेशमा चिनाउने उद्धेश्यले दिपावलीका अवसरमा यो कार्यक्रम आयोजना गरिएको आयोजकका केशव आचार्यले बताए । कार्यक्रममा ताप्लेजुङ सहित छिमेकी जिल्लाका हज्जारौँ दर्शकहरुको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

Loading...