‘सारेगमप लिटिल च्याम्प्स’मा प्रितम आर्चायको धमाकेदार प्रस्तुती, हिमेश रेसमियाले गरे यसरी तारिफ (भिडियो सहित)

ईटहरी/ पछिल्लो समय देश बाहिरका बिभिन्न रियालिटी शोमा भाग लिँदै नेपाली प्रतिभाले देशलाई नै चर्चामा ल्याएका छन् । नेपाली प्रतिभाको कुरा गर्दै बढी मात्रामा छिमेकी देश भारतमा हुने रियालिटी शोमा भाग लिएका हुन्छन् । उनीहरूले आफू मात्रै हैन देशलाई नै चर्चमा ल्याएका छन् । नेपालका इटहरी निवासी प्रितम आचार्य पछिल्लो समय निकै चर्चामा छन् । उनी चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स २०१९ भाग लिँदै नेपालको नाम उच्च राख्न सफल भएका छन् ।

उनले चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्समा नेपालको ईटहरीबाट कक्षा ७ मा पढ्ने प्रितम आर्चायले पनि तहल्का मच्चाइरहेका छन् । जि टिभीबाट प्रसारण हुँदै आएको उक्त कार्यक्रममा प्रितम आर्चायले अफ्नो प्रस्तुती दिएका छन् । उनको गीतको जजहरुले निकै तारिफ गरेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया