सारेगमप लिटिल च्याम्प्समा प्रीतम बने सेकेन्ड रनरअप, भोलि ईटहरीमा स्वागत सम्मान गरिदै

ईटहरी/ सारेगमप लिटिल च्याम्प्समा ईटहरीका छोरा नेपालका सान प्रीतम आचार्य सेकेन्ड रनरअप हुन सफल भएका छन् । यस्तै नेपालकै आयष केसि चौथो हुन सफल भएका छन् । सारेगमप लिटिल च्याम्प्सको यो सिजनको बिजेता भने सुगन्धा भएकी छिन । यस्तै शोको फर्स्ट रनरअप मोहम्मद फिराज भएका छन् ।

यता प्रीतमको सेमिफाइनलको प्रस्तुतिबाट गरिएको जति आस थियो सो आस भने अधुरो नै रहेको छ । उनको प्रस्तुति, जर्जहरुको तारिफ र सारेगम टिमले उनलाई हरेको प्रोमोसनमा दिइएको पहिलो स्थानले सबैको आस प्रथम नै हुन्छ भन्ने थियो । तर भोट गर्न बसेका नेपालीहरु भोटिङ राउन्ड नभएपछि उनलाई बिजेता बनाउनबाट भने बन्चित भए ।

प्रीतमको प्रोमोसन भिडियो बनाउनको लागि जिटिभी को टिम नै उनको जन्मथलो ईटहरी आएको थियो । उनी प्रतिष्पर्धी बनेको सारेगमप लिटिल च्याम्प्सको फाईनल शो ठूलो स्क्रीनमा देखाउनको लागि ईटहरी मुख्य चोकमा एक साङितिको कार्यक्रमको नै आयोजना गरिएको थियो । उक्त कार्यक्रममा झन्डै हजार बढिको हाराहारीमा ईटहरीबासी उपस्थित भएका थिए ।

प्रीतम भोलि अर्थात २७ गते ईटहरी आईपुग्ने छन भने उनलाई स्वागत गर्न ईटहरीबाट एक टोलि बिहान ९:३० बजे बिर्तामोड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यस्तै प्रीतमलाई ईटहरी उपमहानगरपालिकामा भोलि २७ गते नै स्वागत सम्मान कार्यक्रमको तय गरिएको प्रीतमका प्रोमोटर तथा संगीत साधना ईटहरीका महासचिव राजु केसिले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

Loading…