सारेगमपमा नेपालका प्रितमले कुमार सानुको ‘सोचेंगे तुम्हे प्यार’ गाँउदा जजहरुले गरे खुलेर प्रशंसा (भिडियो सहित)

ईटहरी / चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’मा नेपाली बालक प्रितम आचार्यको जादू कायमै छ । आइतबार राति प्रसारण भएको शोमा इटहरीका बालक प्रितम आचार्यले आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् । आयतबार प्रितमले ‘दिवाना’ फिल्मको गायक कुमार सानुले गाएको गीत ‘सोचेंगे तुम्हे प्यार’ गाएका थिए । जुरीबाट उनले शतप्रतिशत नम्बर ल्याएका छन् ।

उनले गाइसकेपछि जुरीहरुले उठेरै उनको गायकीको तारिफ गरेका थिए ।चर्चित संगीतकार हिमेश रेशमियाले प्रितमको गायकीको खुलेर प्रशंसा गरे । उनको चर्चा यतिबेला नेपाल र भारतमा मात्र नभइ विश्वभर चुलिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…