सारालाई डोकोमा बोकेर सुशान्तको केदारनाथ यात्रा

बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खान आफ्नो नयाँ फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । यो फिल्ममा उनको अपोजिटमा अभिनेता सुशान्त सिंह राजपूत देखिएका छन् । हालैमा फिल्मको अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । ‘केदारनाथ’ फिल्मको पोस्टरमा सारा र सुशान्तको केमेस्ट्री गजबको देखिएको छ । पोस्टरमा फिल्मका हिरो सुशान्त हिरोइन सारालाई डोकोमा बोकेर केदारनाथको यात्रामा निस्किएका छन् । ‘केदारनाथ’ बाढी पीडितको पृष्ठभूमिमा निर्माण भएको फिल्म हो ।

यो पोस्टर सुशान्त र साराले सोसल मिडियामा शेयर गरेका छन् । यसभन्दा पहिला सारा निर्देशक रोहित शेट्टीको फिल्म ‘सिम्बा’ बाट डेब्यु गर्ने चर्चा थियो, जसमा उनको साथ रणवीर सिंह छन् । यो फिल्म पनि डिसेम्बरमा रिलिज हुँदैछ । तर, अब ‘केदारनाथ’ बाट नै साराको फिल्मी करिअरको सुरुवात भएको छ । अभिषेक कपूर निर्देशित यो फिल्म ७ डिसेम्बरमा रिलिज हुँदैछ । मेकर्सबीचको विवादका कारण उक्त फिल्मको रिलिज डेट लामो समय तय हुन सकेको थिएन ।

Purbeli TV

तपाईको प्रतिक्रिया