साम्राज्ञि संग पुष्पको जोडि बाधिने पक्का

ईटहरी/ निर्देशक नवल नेपालले निर्देशन गर्ने नयाँ फिल्ममा नायक पुस्प खड्का संग सम्राज्ञी राज्य लक्ष्मी शाहले अभिनय गर्ने भएकी छिन । छोटो समयमा राम्रो चर्चा कमाउएर सफल अभिनेत्रीको रुपमा चिनिएकी सम्राज्ञीले यस अघि पुस्पले लिड रोल गरेको फिल्ममा गेस्ट रोल गरेकी थिइन् तर संगै पर्दामा भने देखा परेका थिएनन ।

पुस्पले यहि फिल्मका लागि केही महिनादेखि आफ्नो बडी बनाइरहेका थिए । उनि पनि यतिबेलाका ब्यस्त नायक मध्यमा पर्छन । रेबिका गुरुङ र पुस्प पहिले नै पक्का भैइ सकेका थिए भने सम्राज्ञी भने आजै पक्का भएकी हुन । सम्राज्ञी संग कागजी सम्झौता पनि भईसकेको छ ।

‘अझै पनि’ कि निर्मात्री पुनम गौतमले निर्माण गर्न लागेको फिल्म माघको दोस्रो हप्ता बाट फ्लोरमा जाँदै छ । फिल्ममा छायाँकारको रुपमा पनि सञ्जय लामा अनुबन्धित भइसकेका छन् । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । निर्माणमा पुनम गौतमलाई राजा प्रधानले सघाउने छन् । फिल्मको नाम भने अझै सम्म जुरी सकेको छैन ।

Purbeli TV

तपाईको प्रतिक्रिया