साम्राज्ञिले सार्बजनिक गरिन् आफ्नो बेबि लुक्स, पायो मिश्रित प्रतिक्रिया

इटहरी/ नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह सामाजिक सन्जालमा कती एक्टिभ छिन् त्यो त तपाईंले उनलाई फलो गर्नु भएको छ भने पक्कै थाहा होला । आफ्नो हरेक एक्टिभिटी इन्स्टामा सेयर गर्ने उनले स्न्यापच्याट बेबी फेस फिल्टरमा खिचेको फोटो पोस्ट गरेकी छिन् । नायिका साम्राज्ञी नेपाली चलचित्र क्षेत्र कि हट अनी बोल्ड नायिका हुन ।

डेब्यु चलचित्र ड्रिम्स देखी पछिल्लो समय रिलिज भएको उनको चलचित्र इन्टु मिन्टु लनडनमा सम्म हेर्दा उनी बाट दर्शक सन्तुस्ट छन् । प्राय उस्तै भूमिकामा काम गर्दै आएकी उनलाई अहिले भर्साटाईल हुन पनि रहर लागेको छ । त्यसो त रहर कै कुरा गर्दा उनलाई फेरी बच्चा हुने रहर पनि भएको उनका इन्स्टाग्राम पोस्टहरुले सन्केत गरिरहेको छ । केही समय अगाडि आफुलाई सानै बाट नै मोडल बन्ने रहर लागेको रैछ भन्दै आफ्नो सानोको फोटो पनि पोस्ट गरेकी थिईन ।

अहिले फेरी उनले स्न्यापच्याटको बेबी फेस वाला फिल्टरमा फोटो खिचेर सेयर गरेकी छिन् । साम्राज्ञीलाई बच्चा नै बन्न रहर हो या उनी आफ्नो बच्पना खुबै मिस गर्दै छिन् त्यो त उनैलाई नै थाहा होला । साम्राज्ञीको मुख्य भूमिका रहेको चलचित्र मारुनी भदौ १३ बाट प्रदर्शनमा आउँदै छ र सोही चलचित्रको गीत जाम न माया जाम अहिले ट्रेन्डिङमा छ ।

PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…