सलोन बस्नेतको फिल्म ‘बाबु कान्छा’ युट्युबमा रिलिज

इटहरी/ शोभित बस्नेत निर्देशित बाबु कान्छा युट्युबमा रिलिज भएको छ । फिल्ममा सलोन बस्नेत, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट् सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, विक्रम कँडेललगायतको अभिनय रहेको छ । यसै फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले पनि डेब्यु गरेकी छन् । (भिडियो सहित)

सञ्‍चारकर्मीसमेत रहेका रवी अधिकारी कार्यकारी निर्माता रहेको ’बाबु कान्छा’मा सोभित बस्नेतकै लगानी रहेको छ । फिल्ममा सन्तोष राजभण्डारी र सुरज घिमिरे सह(निर्माताको रूपमा रहेका छन्। टंक बुढाथोकी संगीत रहेको फिल्ममा रामजी लामिछाने र दीपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी,अष्ट महर्जनको एक्सन रहेको छ। बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठले खिचेको फिल्मलाई गौतमराज खड्काले सम्पादन गरेका हुन् ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…