सलमान खान बलात्कार सम्मको धम्की दिन्थे : दबंग निर्देशक अभिनव कश्यप

मुम्बई / दबंग निर्देशक अभिनव कश्यपले फेसबुकमा एक लामो पोष्ट सार्वजनिक गर्दै बलिउड अभिनेता सुशान्तको आत्महत्याको विषयमा विस्तृत अनुसन्धान गर्न माग गरेका छन् ।

बलिउडमा काम गर्ने क्रममा भोगेको तितो अनुभव समेत सेयर गर्दै उनले सलमान खानको परिवारको फिल्मलाईनमा देखिने ‘दादागीरि’बारे उल्लेख गरेका छन् । ‘दवंगको दस वर्ष पछि यहि हो मेरो कहानी । यही कारण म दस वर्ष अगाडी दवंग २ गर्नबाट पछि हटेको थिए । अरवाज र सोहेल खानले आफ्नो परिवारसँग मिलेर मेरो करियरको नियन्त्रण गर्ने प्रयास गरेका थिए । यसको लागि मलाइ धम्काउने कामसम्म भएको थियो ।’

अभिनवले लेखेका छन् । अभिनवको भनाई अनुसार अरवाज खानले श्रीअष्टविनायक फिल्म्सका प्रमुख राज मेहतालाई फोन गरेर अभिनवको दोश्रो प्रोजेक्ट बन्द गराएका थिए । साइनिंग अमाउन्ट फिर्ता दिएर अभिनव वायाकाम पिक्चर्समा जोडिए । तर उक्त काममा समेत सोहेल खानले सीइओसँग कुरा गरेर रोकिदिए र फलस्वरुप अभिनवले ७ करोडको साइनिङ अमाउन्ट ९०लाख ब्याज सहित फिर्ता गरे ।

अनुभव लेख्छन् ‘त्यस पश्चात रिलायन्स इन्टरटेनमेन्टले बचायो र मैले फिल्म ‘बेसरम’ मा काम सुरु गरें । तर यहाँ पनि सलमान र उनको परिवारले फिल्म रोक्न पुरा कोशिस गरे । जब फिल्म रोकिएन, तब उनीहरुले फिल्मको बारेमा नकारात्मक चर्चाका लागि अभियान नै चलाए ।’ जसको उद्देश्य फिल्म फ्लप गराउनु थियो । अन्तत फिल्म रिलिज भयो र ५८ करोड रुपैया कमायो । त्यस पश्चात खान परिवारले स्याटेलाइट राइट्स बेच्न नदिन धेरै प्रयास गरे । तर रिलायन्सको कारण उनीहरुको उक्त चाल सफल हुन सकेन ।’

अनुभवको भनाई अनुसार प्रोजेक्ट त रोकाए रोकाए, धम्की दिन छोडेनन् । मारिदिने, परिवारका सदस्यको बलात्कार गर्ने सम्मको धम्की दिन्थे । उनी भन्छन् ‘ मेरो मानसिक स्वास्थ्यमा समस्या समेत सिर्जना भयो र मेरो सम्बन्ध बिच्छेद भयो । जब मैले २०१७ मा पुलिसमा रिपोर्ट गर्ने कोशिस गरें, उनीहरूले रिपोर्ट लिन मानेनन् । मेरो उजुरीमा अझै पनि कुनै कारवाही सुरु भएको छैन । मसँग धेरै सबुतहरू छन् ।’

My appeal to the Government to launch a detailed investigation. Rest in peace Sushant Singh Rajput… Om Shanti.. But…

Posted by Abhinav Singh Kashyap on Monday, June 15, 2020

 

तपाईको प्रतिक्रिया

Loading…