सर्वजनिक भयाे हरर फिल्म ‘एनाबेल कम्स होम’ काे यस्तो डरलाग्दाे तस्विर

वर्षकै प्रतिक्षित हरर फिल्म ‘एनाबेल ३’ काे पहिलो लुक्स

एजेन्सी, चर्चित हरर सिरिज एनाबेलको तेस्रो सिक्वेल ‘एनाबेल कम्स होम’को पहिलो लुक्स पोस्टर सार्वजनिक भएको छ । ग्यारी दबर्मेनको निर्देशनमा बनेको एनाबेल कम्स होम’ को पहिलो लुक्स सार्वजनिक भएको हो । पोस्टरमा भुतिया गुडिया यानकी एनाबेललाई अनौठो ठाउँमा सजाएर राखिएको छ र त्यको माथी लेखिएको छ ‘वार्निंग पोजिटिभिटि’ । आउँदो जुन २८ तरिखदेखि प्रदर्शनमा आउने यस फिल्मको शुटिङ्ग डिसेम्बर १४, २०१८ मा नै सकिएको थियो । हरर फिल्मका फ्यानहरुको प्रतिक्षित सिरिज बनेको एनाबेलका यस अघिका सिरिज हिट भएका थिए ।

पहिलो फिल्म ‘एनाबेल’ सन् २०१४ मा रिलिज भएको थियो भने यसको दोस्रो सिरिज ‘एनाबेल : क्रिएसन’ सन् २०१७ मा रिलिज भएको थियो । एनाबेल सिरिजको कथा डर लाग्दो गुडियाको वरिपरि घुम्ने गर्दछ । यसको तेस्रो संस्करणमा मसिकेंना ग्रेस, मेडिसोन इसेमन, क्याटि सरिफ , प्याट्रिक विल्सन लगायतका कलाकारको अभिनय छ ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…