सय करोड कमाउँदै ‘उरी’ बन्यो २०१९ को पहिलो हिट फिल्म


गत साता रिलिज प्रदर्शनमा आएको बलिउड चलचित्र ‘उरी’ले बक्स अफिसमा धमाकेदार सफलता हात पारेको छ । यो वर्ष २०१९ को पहिलो हिट चलचित्र बनेको उरीले रिलिज भएको एक साता भित्रनै सय करोडमा प्रवेश गरेको हो । त्यस्तै चलचित्रले ११ औँ दिनमा ११५ करोडको कमाई गरेको थियो । बक्स अफिससँगै पछिल्लो समय उरी भित्रका संवादहरु चर्चामा छन् । समिक्षागतरुपमा पनि चलचित्रले प्रशंसा बटुलिरहेको छ । बलिउडमा हिट भएसँगै उनी अब साउथमा रिमेक छ । यो चलचित्र तमिल, तेलुगु र मलयालममा डबिङ हुने भएको हो । भारतिय मिडिया अनुसार चलचित्रले अन्य भाषाको लागी मंहगो राइटस्मा बिक्रि गरेको छ । उरीलाई आदित्य धारले निर्देशन गरेका हुन् भने चलचित्रमा विक्की कौशल, यामी गौतम र परेश रावलको मुख्य भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया