सम्भावना बोकेकी गायिका रेश्मा पुन (भिडियो सहित)

नेपाली सांगीतिक क्षेत्रमा नयाँ तर सम्भावना बोकेको नाम हो रेश्मा पुन ।  संगीत क्षेत्रमै भविष्य बनाउने सोंचले संघर्षरत रेश्मा यतिबेला नेपाली चलचित्रका गीत रेकर्डिङ र सांगीतिक कार्यक्रममा गाउन व्यस्त बनिरहेकी छिन् । २०६७ सालमा नेपालगञ्जको कृष्णसार एफएमले आयोजना गरेको गायन प्रतियोगीतामा विजेता बनेपछि रेश्मालाई संगीतको नशा लाग्यो ।

तीन वर्षअघि गायनमै स्थापित हुने उद्देश्य बोकेर काठमाडौं आएकी रेश्मा अहिले गीत संगीतमै व्यस्त बन्दैछिन् । उनले गाएको चलचित्र डायरीको गीत ‘पैसा न कौडी ’ले पनि उनलाई अझ चिनायो । हाल रिलिजको तयारीमा रहेको रेखा थापाको फिल्म रुद्रप्रियामा पनि उनले गाएकी छिन् भने रिलिज हुन बाँकी उफ् यो मन चलचित्रमा पनि उनको स्वर सुन्न सकिन्छ । अहिले चलचित्र लिलिबिलीको गीत रेकर्डिङमा व्यस्तछिन् । भन्छिन् ‘फिल्मको गीतबाट राम्रै रेस्पोन्स पाईरहेकी छु ।’ रेश्माले हालै हङकङमा पुगेर आफ्नो एकल एल्बम रेश्मा सार्वजनिक गरिन् । एल्बमको केही समयअघि रिलिज भएको गीत ‘ म पहाडको मायाले’ अहिले चर्चामा छ ।

तपाईको प्रतिक्रिया

Loading...