समाजबादी फोरमका नेता अशोक कुमार राईले गरे चलचित्र ‘बैनाबट्टा” को शुभारम्भ

नेपाली कथानक चलचित्र बैनाबट्टाको शुभ मुर्हत सम्पन्न भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गरी सो फिल्मको संघीय समाजबादी फोरमका वरिष्ठ नेता अशोक कुमार राईले क्यामेरामा रेकर्ड थिचि फिल्मको शुभ मुर्हत भएको घोषणा गर्नु भयो । सुम्हात्लुङ फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई युवा निर्देशक राज चाम्लीङ्गले निर्देशन गर्नु हुनेछ ।फागुनको पहिलो साताबाट छायांकन हुने यो फिल्म सुदुरपूर्वी जिल्लामा बसोबास गर्ने आदिबासी जनजातीहरुको पहिचान झल्काउने विषयबस्तुमा आधारीत रहने निर्देशक राज चाम्लीङ्गले जानकारी दिनु भयो । विशेष गरी लाहुरेको कथाबस्तुमा चलचित्र बैनाबट्टा रहनेछ ।

प्रेम लावतीको निर्माण भएको यस फिल्ममा अघिकांश नयाँ कलाकारहरु नायक देवेन्द्र नेम्वाङ्ग नायिका कविता राई , बाबु मोक्तान , रश्मीला तामाङ्ग, अर्जुन श्रेष्ठ, पूर्ण पोर्यटेल, नरेश वानेम, रिया सुब्बा , रोम सिंह लिम्बु, प्रकाश थेबे र निरा राईलगातले अभिनय गर्नु भएको छ ।४ वटा गीतमा रहेको यस फिल्ममा संगीतकारहरु बुद्धराज इङवा राज चाम्लीङ्ग,र संतोष राई हुनुहुन्छ । दिपक लिम्बु, मेलिना राई , संतोष राई, दिपा लामा राज लिम्बु , करुवा राई र दिप्सन लिम्बुले चलचित्रमा गाउनु हुनेछ । करीब ४० लाख रुपैयामा बन्न लागेको चलचित्र बैनाबट्टाले आदिबासी जनजातीको पहिचान गराउन विशेष भुमिका रहने निर्माण पक्षले जानकारी दिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया