‘समर लभ’को पहिलो गीत ‘साया’ सार्बजनिक, आशिष र रेवती रोमाण्टिक मुडमा (भिडियो सहित)

इटहरी/ सुबिन भट्टराईद्वारा लिखीत चर्चित उपन्यास ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ को पहिलो गीतको भिडियो सार्बजनिक भएको छ । केहि समय अघि निर्माण टीमले ५ ओटा फर्स्टलुक पोस्टर र फिल्मको टिजर सार्बजनिक गरेको थियो । माघ २५ लाई प्रदर्शन मिति तय गरेको फिल्मको आज ‘साया’ बोलको गीत युट्युब मार्फत सार्बजनिक भएको हो । भ्यालेन्टाईन डे अर्थात प्रेम दिवसलाई लक्षित गरेर फिल्मको प्रदर्शन मिति तय गरिएको छ आर्थात फिल्म प्रदर्शनको ठिक ७ दिन पछि प्रेम दिवस छ ।

सार्बजनिक गीतको भिडियोमा आशिष पिया र रेवती क्षेत्री फिचर छन् । नाई न भन्नू ल ३ निर्देशन गरेका मुस्कान ढकाल निर्देशित समर लभबाट आशिष पिया र रेवती क्षेत्रीले यो फिल्मबाट नेपाली सिने उधोगमा नायक र नायिकाको रुपमा डेब्यु गर्दैछन् । आशिषले म्युजिक भिडियोमा अभिनय देखि केहि बिग्यापनाहरुमा पनि काम गरेका छन् । यता रेवती भने रेवती भारतको मिस इन्टरनेसनल विजेता साथै ‘ग्याङग्स अफ नर्थवेस्ट’,’खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता फिल्ममा अभिनयको अनुभब गरेकी छिन ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । पुष्पन प्रधानको संगीत सञ्जय लामाको छायांकन रहेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया