सबैको रोजाई बनेका क्रिसल कँडेल नेपाल आईडल २ बाट बाहिरिए, सबैको आँखा रसायो

काठमाण्डौ/ नेपाल आइडलमा सबैभन्दा बढी रुचाइएका र युवतीहरुका ढुकढुकीकै रुपमा रहेका क्रिसल कँडेल बाहिरिएका छन् । शुक्रबार राती गरिएको घोषणा अनुसार उत्कृष्ट ८ बाट धादिङका क्रिसल कँडेल बाहिरिएका हुन् । प्रतिस्पर्धाबाट बाहिरिएसँगै क्रिसलले प्रतिक्रिया दिँदै भनेका छन् ‘म हारेर गएको होइन, धेरै कुरा जितेर बाहिरिएको छु ।

नेपाल आइडलमा आउँदा मसँग केही पनि थिएन तर उत्कृष्ट आठबाट बाहिरिँदै गर्दा मसँग धेरै कुरा साथमा छन्’। प्रतियोगीताकै कान्छा भएपनि निकै नै सहन क्षमता भएका क्रिसलले निर्धक्क हुँदै भने प्रतियोगिता भएकाले एकले जित्न अर्कोले हार्नैपनै नियम हुन्छ।

Purbeli TV

तपाईको प्रतिक्रिया