सन्नी लीयोनीको आइटम डान्स रहेको नेपाली चलचित्र “पासवर्ड” को पोस्टर सार्वजनीक

धरान / बलिउड नायिका सन्नी लीयोनीको आइटम डान्स रहेको नेपाली चलचित्र “पासवर्ड”को पोस्टर सार्वजनीक गरीएको छ ।

यस चलचित्रमा सन्नी लीयोनले “सन्नी हो नाम मेरो” बोलको गीतमा डान्स गरेकी छन् । कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेको यो म्युजिक भिडियोको गीतमा अर्जुन पोखरेलको संगीत छ । स्पेसल एपेरेन्समा रहने सन्नीले यो फिल्ममा बिकी जोशीसँग स्क्रिन सेयर गरेकी छन् । सन्नीले यो गीतका लागि दुई करोड भारतीय रुपैयाँ लिएको बताइएको छ ।

सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा सन्नीको माग अनुसार नै गीत तयार पारिएको छ । गीतलाई भारतबाटै आएका कोरियोग्राफर सहितको टीमले निर्देशन गरेको हो । ३० करोड लगानीमा बनेको एक्सन र थ्रिलर फिल्म पासवर्डमा अनुपविक्रम शाही, विक्रम शाहि, वुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ ।

शौरभ लामाले यो चलचित्र खिचेका हुन् । अनुप फिल्ममा नेगेटिभ रोलमा छन् । सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्मको ९८ प्रतिशत छायाँकन बेलायत र दुई प्रतिशत नेपालमा भएको बताइएको छ । फिल्मले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा पेस गर्ने निर्माण पक्षले बताएको छ । अमित बस्नेत र हिरल जोशीले पासवर्ड निर्माण गरेका हुन् । सिनेमा भदौ २७ बाट प्रदर्शनमा आउने छ ।

तपाईको प्रतिक्रिया

Loading…