सधैँ कुर्ता सुरुवालमा देखिने चर्चित डान्सर सपनामा आयो एकाएक यस्तो परिवर्तन, तस्विर भयो भाइरल (तस्विर सहित)

एजेन्सी/ बिग बोस फेम सपना चौधरी एकाएक परिवर्तन भएकी छिन्, उनको परिवर्तको कारण अहिले उनका फ्यानहरु अहिले निकै अचम्ममा परेका छन् । हरियाणीका स्टार डान्सर रहेकी सपनामा शोबाट बाहिर निस्केपछि उनको तौल घटेको हो । सपनालाई देसी क्वीन भनेर पनि चिनिन्छ । भखरै इन्स्टाग्राममा अपलोड गरेको तस्विरले उनलाई ग्ल्यामरस देखिएको छ । इन्स्टाग्राममा उनले फाटोसुट गराएको तस्विर सेयर गरेकी हुन् । तस्विरमा उनको फेसलाई एक्सेसरीजले कभर गरिएको देखिन्छ । उक्त तस्विरमा लुक्सलाई निकै युनिक देखिएको छ ।

बिग बोसबाट उनको चर्चा चुलएको हो । सन् २०१८ गुगलमा सबैभन्दा बढि नाम सर्च गर्ने सेलिबे्रटी लिस्टमा उनी तेस्रो नम्बरमा परेकी हुन् । पहिलेको तुलनामा निकै स्लिम देखिकी सपनालाई फिल्ममा काम गर्नको लागी पनि अफर आएको छ । उनले भोजपुरी र हिन्दी गीतमा डान्स पनि गरिसकेकी छिन् । सपना बिगबोस कन्टेसटेन्ट बन्नु भन्दा पहिले एक सेलिब्रेटी थिइन् । खासगरी उनी कुर्ता सरुवाल र एथनिकमा देखापर्थिन्, अहिले उनको लुक्सको कारणले गर्दा उनका फ्यानहरुलाई अझै इम्पे्रशन पार्न उनी सफल भएकी छिन् ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…