संचारकर्मी अस्मित पौडेल अभिनीत म्युजिक भिडियो सार्वजानिक ( भिडियो)

उदयपुरका संचारकर्मी अस्मित पौडेल अभिनीत  म्युजिक भिडियो सार्वजानिक भएकाे छ। गायक अशोक कुमार प्यासी राईको ’छाड्नु रै’छ तिमिले बोलको गीतमा पौडेलले अभिनय गरेका हुन् । पौडेल सँगै अर्का नयाँ अनुहारमा युवराज आचार्य र प्रमिला कार्कीलाई पनि भिडियोमा देख्न सकिनेछ । असफल प्रेमको कथालाई गीतको शब्दहरुबाट प्रस्तुत गरिएको छ । अनुभवि र सफल निर्देशक कृष्ण पौडेलले भिडियोमा नयाँ अनुहारलाई प्रवेश गर्ने अवसर दिएका हुन् । शिव थापा मगरको संगीत रहेको गीतको म्युजिक भिडियो भने धनराज श्रेष्ठले छायाँकन गरेका हुन् ।

कटारीबाट प्रशारित एकमात्र रेडियो युके एफ एममा आवद्ध पौडेलले पहिलो म्युजिक भिडियोबाट कलाकारितामा अझै थप मेहनत र अध्ययनको आवश्यकता रहेको महशुस गरेको बताए । ‘आगामी दिनमा अझै थप मेहनत गर्नेछु । ’उनले भने । तीन नयाँ कलाकारलाई भिडियोमा अवसर दिएका निर्देशक पौडेलले भने कलाकारितामा परिचित कलाकार सँगै नयाँ प्रतिभालाई स्थापित गर्नमा आफु लागि परेको बताए ।

आफु निर्दे्शित भिडियोहरुमा नयाँ कलाकारहरुलाई दर्शकमाझ पुराएर अभिनय क्षेत्रको दायरा फराकिलो पार्दै लैजाने पौडेलको भनाई रहेको छ ।  युट्युब माफर्त सार्वजनिक गरिएको भिडियोलाई हेरेर प्रतिकृया सल्लाहा सुभाव दिन उनले आग्रह गरे – ‘प्रतिकृया दिनुहोस दर्शकको प्रतिकृया नै हाम्रो सफलताको कडी हो । ’निर्देशक पौडेलले भने ।

तपाईको प्रतिक्रिया

Loading...