संगीत साधना प्रतिष्ठान नेपालको अध्यक्षमा धामी

इटहरी। सुनसरीको इटहरीमा सम्पन्न संगीत साधना प्रतिष्ठान नेपालको वार्षिक साधारण सभाबाट प्राज्ञ राम धामी अध्यक्षमा निर्विरोध चयन भएका छन्। उपाध्यक्ष राम खडका,महासचिव राजु केसी,सचिव मोहन तिम्सीना र कोषाध्यक्ष नबीन श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा टिका लिम्बु,सुजाता बिस्ट,रोशन राना मगर,खुबेन्द्र श्रेष्ठ,श्री पोखरेल,बलराम समाल निर्विरोध चयन भएको महासचिव राजु केसीले जानकारी दिए।

संगीतको विकास र संरक्षणमा प्रतिष्ठानले निर्माण गरीरहेको संगीत शिक्षालय, सांस्कृतिक सम्पदा संग्रहालय र संगीत गृहको महत्वपूर्ण भूमीका रहने नव निर्बाचित अध्यक्ष धामीले बताए।

तपाईको प्रतिक्रिया

Loading...