संगीत प्रतिष्ठान धरानको विधिवत रुपमा उद्घाटन

dsc02055-copy

धरान, १२ असोज : स्थाीय स्तरबाट संगीत क्षेत्रमा योगदान प¥याउदै आएको संगीत प्रतिष्ठान धरानको आज धरानमा विधिवत रुपमा उद्घाटन भएको छ । विगत तीन बर्षदेखि सञ्चालनमा आएपनि व्यवसायिक हुन नसकेको प्रतिष्ठानले संगीतको मार्फतबाट धरानलाई चिनाउनकै लागि प्रतिष्ठान लागि पर्ने सो अवसरमा प्रतिष्ठानका पदाधिकारीहरुले बताएका थिए ।

प्रतिष्ठानको उद्घाटन बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष एवम् कृपा डिजिटलका प्रमुख शिव लामिछानेले गर्नुभएको थियो । राष्ट्रिय गायक समेत रहनु भएका लामिछानेले संगीत मानिसको लागि जीवन प्रर्यान्तको साथी भएको बताउनुभयो । उहँले विगतदेखि नै सांगेतिक क्षेत्रमा धरान अगाडि रहेको बताउदै यस प्रतिष्ठानको उद्घाटन पश्चातय धरानले सांगितिक क्षेत्रमा अझ फड्को मार्ने बताउनुभयो ।

धरान ९ पुतली लाइनमा खोलिएको सो प्रतिष्ठानमा विद्यालय स्तरका विद्यार्थीहरुलाई बढी प्राथमिकतामा राखेर संगीत सिकाइने भएको छ । प्रतिष्ठानमा विभिन्न विद्याका प्रशिक्षार्थी राखिएका छन् । गायन, भाइलन, वेस गिटार, किवोर्ड मा प्रशिक्षण गराइने प्रतिष्ठानका अध्यक्ष मच्छेन लिम्बुले जानकारी दिनुभयो ।

त्यसका लागि छुटाछुटै प्रशिक्षण राखिएको उहाको भनाई छ । उद्घाटन कार्यक्रममा बराह ज्वेलरी इण्ष्ट्रिज प्रा.लि.का धरान शाखा प्रमुख मानबहादुर विक, प्रतिष्ठानका सल्लाहकार रमेश राई, रचनाकार अर्जुन घिमिरेले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कृष्णराजा श्रेष्ठले गर्नुभएको थियो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…