संगीताको दिलमा फिदा हुने को ?

बिराटनगर/ नेपालि सांगीतिक आकाशमा हरेकदिन नयाँ-नयाँ कलाकारहरुको आगमन भईरहेको छ । बढ्दो डिजिटल प्रबिधिको प्रत्यक्ष प्रभावका कारण पछिल्लो समय केही फराकिलो बन्दै गएको छ । नव गायक धिरज राजबंशीले आफ्नो नयाँ म्युजिक भिडियो गालाको तिल गायक बलबहादुर राजबंशीको अफिसियल युटयुब च्यानलबाट बजारमा ल्याएका छन् । फरक शैलीमा तयार गरिएको उक्त म्युजिक भिडियोलाई चर्चित कोरियोग्राफर एवम निर्देशक साईमन राजबंशीले निर्देशन गरेका हुन । म्युजिक भिडियोमा समिर र संगीताको जोडीलाई देखन सकिन्छ । धिरज राजबंशीकै सब्द संगीत एवम स्वरमा रहेको यो गीतलाई सुरज श्रेष्ठले एरेञ्ज गरेका हुन ।

सुनबर्शी नगरपालिकाका उदयमान गायक धिरज राजबंशीले आफ्नो सानैदेखिको सपना साकार भएको र जीवनको अन्त्यसम्म पनि गीतसंगीतलाई कहिले पनि नछोड्ने बताए । आफ्नो सानैदेखिको सपना गीत रेकर्ड गर्ने र म्युजिक भिडियो बनाउने भएता पनि आफु संग आर्थिक स्रोत नहुदा समस्या भएको तर मैले कहिले पनि हार मानिन र आफ्नो सपनालाई पुरा गरेको छु र मेरो यो म्युजिक भिडियोलाई अत्याधिक माया गरिदिनुहोला धिरजले दर्शकहरुसंग अनुरोध समेत गरे ।

Purbeli TV

तपाईको प्रतिक्रिया