संगीतको दुनियाँमा नयाँ कोसेलीको साथमा सृजनको आगमन

मलेसिया । नेपालको पुर्वी एक्दमै विकट जिला सोलुखुम्बु को बुङ गा.बि.स मा जन्मिएका सृजन कुलुङ राई सानैदेखि फरक स्वभावका थिए । साधारण परिवार मा जन्मेका उनि सानै देखि चित्र कोर्न र गीत सुन्न अनि फिल्म सम्बन्धिका कुराहरूमा सौखिन थिए । दु:खहरु त धेरै झेले कम्जोर पारिवारिक आय आस्था भएका उनी कहिले बिदेशीको भारी बोकेर सगरमाथा आधार सिबिर तिर हुन्थे त कहिले डाकर मा साहुको भारी बोक्दै हुन्थे ।

त्यही बाट त रैछ शब्द निस्कने साहित्य जन्मने उन्को विचारमा त्यस्तो लाग्थ्यो र बास्तबमा हो पनि । मनोरञ्जन भनेगपछि आफ्नो प्लान पनि बिर्सेर खादा खादै को गाँस छोडेर मनोरञ्जन तिर दौडन्थे गाउँ घरमा हुने झाकी मेला पर्व तिर उनी नपुगेको सायद कमै होला। झन कलाकारहरु आउदैछन कन्सर्ट हुदैछ भन्ने कुरा सुनेपछि त झन मरिहत्ते गर्थे । उनी सानै देखि लेखन कला मा पनि उत्तिकै जाँगरिलो थिए। कसैको डायरी पाए भने रातभरि आँखा मिच्दै नया सृजना लाई उतार्न खुब लागि पर्थे त्यस्ता गजल कथा कविता गीत धेरै लेखे राम्रा पनि हुन्थे । आफूले जानेर वा नजानेर धेरै हरफ हरु लेखे पनि प्रकाशन गर्न भने पाएनन् त्यो लेखन कला लाई आफैले नचिनेर या आफूले बोल्न खोल्न नसकेको कारण आफै भित्र मात्र सिमित रहन गयो उनका लेख रचना ।

बिगत का ६ वर्ष देखि झापा लाई कर्मथलो बनाइ बसेका सृजन गीत संगीत र फिल्मी कुरा अलि आउने रेडियो कानै मा लगेर सुन्नुपर्ने टेलिभिजन मा मिल्ने भए भित्र छिरेर कलाकार भेटौ झै गर्ने उनि। कक्षा एघार मा पढ्दै छन । उनी पत्रपत्रिका पनि खुब पढ्न रुचाउँछन् जुन उनको रोजाईको पत्रीका साप्ताहिक हो । गीत संगीतलाई मनोरञ्जन मात्र नभई एउटा जीवनको लागि महत्त्वपूर्ण information पनि हो भन्छन् सृजन । अब सकेसम्म संगीत मा पुरै जिबन लगाउने सोच का साथ संगीत क्लास लिने तरखरमा छ्न ।

उनलाइ गीत गाउन भन्दा पनि गीत लेख्ने र डिजाइन गर्न मन पर्छ । अबको दिनमा गीत लेखन लाई र डिजाइनलाई समय दिने उनी बताउछन् । भावी दिनमा फिल्म एडिटिङ लगाएत डिजाइन का काम गर्ने र त्यसैलाई ब्यबसाय बनाएर अगाडि जाने सोच उनको छ। हालै उनले आफ्नै शब्द स्वर तथा क्षितिज कुलुङ को संगीत मा “ङालिनप बुङ्तोङ्” बोल को कुलुङ भाषाको गीत रेकर्डिङ समेत गरिसकेका छन् । सो गीत यहि २०७३ पौष १५ गते कुलुङ्हरुको महान चाड चाक्चाकुरको अवसरमा विमोचन हुदैछ उनको सो गीत `पोम्लालुङ´ नामक एल्बममा समाबेश छ ।

उनका अरु नेपाली आधुनिक गीतको पनि तयारी मा रहेको उनी बताउछन् । सानैदेखि को सोच लाई पूरा गर्न अहोरात्र खटिरहेका एक तन्नेरी भोलि प्रतिभावान व्यक्तिको रुपमा कहलिने सहजै अन्दाज लगाउन सकिन्छ । उदयमान प्रतिभा लाई सृजन पनि तिब्र गति मा नै दौडाइरहेका छ्न् गन्तव्यको खोजिमा उनी भन्छन् अब संगीत लाई संगै आत्मसाथ गरेर अगाडि जान्छु ।

तपाईको प्रतिक्रिया

Loading...