श्रीमतिलाई सम्झँदै एपी शेर्पाले ल्याए नयाँ गित (भिडियाे सहित)

‘तिमीसँगै जीउन पाउँ तिमीसँगै मर्न पाउँ’
‘जीन्दगीका जंघारहरु संगसँगै तर्न पाउँ
तिमीसँगै जीउन पाउँ तिमीसँगै मर्न पाउँ’
पूर्वेली गायक एपी शेर्पाको शुक्रबार राती सार्वजनिक भएको नयाँ गीत हो यो । प्रेम सम्बन्धमा आधारित शब्दहरु रहेको यो गीत उनका लागि किन पनि महत्वपूर्ण छ भने यो उनले श्रीमति मनु शेर्पाका लागि जन्मदिनको उपहार दिएका छन् । सांगीतिक प्रस्तुतिका लागि देश विदेश घुम्छन् । अहिले धरानमा बसेर संगीतकर्म गरिरहेका गायक शेर्पाले यसपटक श्रीमतिको जन्मदिन सँगै बसेर बनाउन पाएनन् । अघिल्ला वर्षका जन्मदिनमा गहना, लुगा जस्ता उपहार दिने एपीले यसपटक अमेरिकामा रहेकी श्रीमतिलाई गीत उपहार दिएका छन् ।

उनि भन्छन् ‘अक्टोबर सातमा उनको जन्मदिन हो तर उनि टाढाछिन् पहिला जस्तो हातमा गहना र फूल दिन सम्भव भएन त्यसैले उनको जन्मदिनकै दिन उनलाई समर्पण गरेर गीत सार्वजनिक गरेको हुँ ।’ गोपाल दाहालको शब्द र बसन्त सापकोटाको संगीत रहेको गीत दुई वर्षको तयारीपछि सार्वजनिक भएको गायक शेर्पाले बताए । उनि भन्छन् ‘मेरो मात्र होईन सबै प्रेमिप्रेमिका या श्रीमान श्रीमतिको भावना बोकेको गीत हो यो । सबैलाई मन पर्ने आशा गरेको छु ।’

तपाईको प्रतिक्रिया