शिवको खुलासा, ‘पल र आचल’को हल्ला हल्लामै माया बस्यो (भिडियो सहित)

इटहरी/ पछिल्लो समय फिल्म र म्युजिक भिडियोमा हिट जोडि पल शाह र आचल शर्मा अभिनित एक भिडियो निकै चर्चामा छ । गएको भ्यालेन्टाईन डेलाई लक्षित गर्दै १२ फेब्रुअरीमा युट्युब मार्फत सार्बजनिक गरिएको ‘हल्ला हल्लामै माया’ बोलको गीत अहिले ट्रेन्डिङमा पनि परेको छ ।

यो समाचार तयार गर्दा सम्म युट्युब नेपाल ट्रेन्डिङको तेस्रो स्थानमा रहन सफल भैरहेको छ । रंगिन दुनियामा यी २ बिच जे हल्ला चलिरहेको छ, त्यही कुरालाई गीतले बोलेको छ । सार्बजनिक गीतलाई सुगम संगीतका चर्चित गायक शिव परियारले गाएका हुन् । शिभालय एल्बममा समाबेश गरिएको उक्त गीतमा आशिष अविरलले संगीत गरेका छन् । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

गीतमा नारद निठुरीको शब्द रहेको छ भने संगीतकार आशिष अविरलले नै एरेन्ज गरेका छन् । भिडियोमा पल र आचलले निकै रोमान्टिक मुडमा मस्ती गरेका छन् । हालसम्म भिडियोलाई ९ लाख २७ हजार भन्दा बढी पटक हेरिएको छ । १६ हजार बढी लाईक पाएको भिडियोले १००० बढी प्रतिक्रिया बटुलेको छ । भिडियोलाई अनिल के मानन्धरले छायांकन, बिकाश सुबेदिले निर्देशन र सुप्रीम पराजुलीले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading…