शाहरुख खानको ५३ औँ जन्म दिन, ‘जिरो’को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड अभिनेता शाहरुख खानको आज नोभेम्बर २ मा जन्मदिन परेको छ । उनको यो ५३ औँ जन्म दिन हो । खानको जन्म दिनको अवसर पारेर बहुप्रतिक्षित बलिउड फिल्म ‘जिरो’को ट्रेलर सार्वजनिक गरिएको छ ।

केहि दिन अगाडि सार्वजनिक पोस्टरमा शाहरुख खान अभिनेत्री कट्रिना कैफ र अनुष्का शर्मासँग देखाइएका छन् भने उनको जन्म दिनको अवसर पारेर शाहरुखको सिङ्गल पोस्टर र ट्रेलर पनि सार्वजनिक गरिएको छ । फिल्म आनन्द एल राय निर्देशन गरेका छन् । दुई सय करोड लगानीमा बनेको फिल्म नयाँ वर्षलाई लक्षित गरेर डिसेम्बर २१ बाट रिलिज हुने भएको छ । फिल्ममा शाहरुख खान, कट्रिना कैफ, अनुष्का शर्मा, आर माधवन र कैमियोमा सलमान खान लगायतका कलाकारहरुको अभिनय रहेको छ । एजेन्सी

Purbeli TV

तपाईको प्रतिक्रिया