व्हाईट टु पिसमा नायिका प्रियंका कार्कीको फेरि बिकिनी अवतार

ईटहरी/ नायिका प्रियंका कार्कीका लागि पछिल्लो समय बिकिनी अवतार खासै नया नौलो हैन । उनले आफ्नो बिकिनी अवतार सामाजिक संजालमा सार्बजनिक गर्दा उनको तारिफ भन्दा पनि बढी आलोचित बन्ने गरेकी छन् । यस्तै केही दिनअघि अभिनेत्री प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा व्हाईट टु पिसमा आफुलाई फेरि बिकिनी अवतारमा प्रस्तुत गरिन ।

सेप्टेम्बर ३, ५ र ६ तारिखमा बेग्लाबेग्लै अपलोड गरिएको एकै अवतारको तस्वीरहरुलाई ३० हजार भन्दा बढी लभ रियाक्ट आएको देख्न सकिन्छ । यस्तै प्रत्येक तस्वीरमा २०० बढी प्रतिक्रिया आएको छ भने जहाँ प्रियंकाले मिश्रित कमेन्ट पाएकी छन् ।

अष्ट्रेलियाको समुद्री किनारमा खिचिएका ती तस्बिरमा प्रियंकालाई सेतो रंगको बिकिनीमा देख्न सकिन्छ । ती तीनवटै तस्बिर प्रियंकाका हुनेवाला श्रीमान् आयुष्मान देशराज जोशीले खिचेका हुन् । तीनवटै तस्बिरमा प्रियंकाले आफ्नो तुलना समुद्रसँग गर्दै तीन भिन्न क्याप्सन लेखेकी छिन् ।

तपाईको प्रतिक्रिया

Loading…