‘वीर बिक्रम २’ को दोश्रो गीत रिलिज, युरोपियन देश अजरबैजानमा गरे पल र बर्षाले बाचा (भिडियो सहित)

ईटहरी/ जेठ ३ गते रिलिज हुने फिल्म ‘बिर बिक्रम २’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सुपरहिट गीत ‘पिरतीको मिठो तिर्सना’को सफलता पछि निर्माण पक्षले रोमान्टिक नम्बर ‘बाचा’ दर्शक-श्रोता माँझ ल्याएको हो । नरेश भट्टराईको शब्द, ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा पल शाह र वर्षा सिवाकोटीको प्रेम दर्साइएको छ ।

गीतमा संगीतकार लिम्बु र दीपा लामाले स्वर दिएका । युरोपियन देश अजरबैजानका रमणीय ठाउँमा छायाँकन गरिएको गीतमा कविराज गहतराजले कोरियोग्राफी भरेका छन् । मिलन चाम्स निर्देशित फिल्ममा नाजिर हुसेन बुद्दि तामाङ, देशभक्त खनाल, बिनिशा भण्डारी, मनोज केसीलगायतका कलाकारको अभिनय छ ।

प्रदीप भारद्वाजले लेखेको फिल्ममा बनिष शाहको सम्पादन, नवराज उप्रेतीको छायाँकन, हिमाल केसीको एक्सन र रन्जीत गजमेर, तारा प्रकाश लिम्बु, राजनराज सिवाकोटीको संगीत छ । रिलिज मिति तय नभैसकेको फिल्ममा अर्पण सापकोटाले निर्माणमा निर्देशक चाम्सलाई सघाएका छन् ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…