विवाह बन्धनमा बाँधिदै सोनाक्षी सिंहा !

एजेन्सी। बलिउडकी ‘दवंग गर्ल’ अर्थात् नायिका सोनाक्षी सिंहा विवाह बन्धनमा बाधिन लागेको हल्ला ले यतिबेला बलिउड तातेको छ । बलिउड लाइफ डटकमका अनुसार सोनाक्षी सिंहा आफ्नो प्रेमी बन्टी सचदेवसँग विवाह गर्ने तयारी गरेको बताइए छ ।

लामो समयदेखि एक आर्कालाई डेट गरिरहेका उनीहरु छिट्टै नै विवाह बन्धनमा बाधिने तयरीमा रहेको बताइएको छ । एक रिर्पोटका अनुसार सोनाक्षी आफ्नो हातमा रहेको प्रोजेक्ट चाडो भन्दा चाडो सकेर विवाहको तयारीमा लाग्ने कोसिसमा छन् । आफ्नो निजी जीवनमा सोनाक्षीले समय दिनकै लागि भनेर छिटो काम सक्न चाहेको बताएकी केहि समय पहिले मिडियामा बताएकी थिइन् ।

केहि समय पहिले बन्टीले सोनाक्षीलाई विवाहको लागि प्रस्ताव गरेका थिए । जुन प्रस्तावलाई सोनाक्षीले स्विकार गर्दै उनले विवाह गर्ने सहमति दिएकी थिइन् । तर यता सोनाक्षीको कार्य व्यस्ततालाई हेर्दा उनले छिट्टै विवाह गर्ने सम्भावना भने एक दमै न्युन रहेको बताईएको छ ।

 

तपाईको प्रतिक्रिया

Loading...