विल्सन बिक्रमद्वारा अभिनित ‘रातो घर’को ट्रेलर सार्वजनिक (भिडियाे सहित)

काठमाण्डौ/ चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राईको उत्कृष्ट अभिनय रहेको भनिएको नेपाली फिल्म ‘रातो घर’को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोश्रो ट्रेलर सार्वजनिक भएको हो । सुरज सुब्बा ‘नाल्बो’ निर्देशित ‘रातो घर’ जेठ १९ मा रिलीज हुँदैछ । फिल्मको  अघिल्लो बर्ष नै रिलीजको चर्चा थियो तर रिलीज भएन । यसै प्रसंगमा चलचित्रका निर्देशक नाल्बोले पहिले विदेशमा रिलीज गर्नको लागि नेपालमा रिलीज ढिलो गरिएको बताए । नाल्बोले लगानी सुरक्षित गर्नको लागि पहिले विदेश प्रदर्शन गर्नुपरेको खुलाए ।


कार्यक्रममा शुभकामना दिन उपस्थित बरिष्ठ कलाकार सुनिल थापाले आफुले चलचित्र हेरेको र निकै राम्रो रहेको बताए । आफुले चेला मान्दै आएका विल्सन विक्रम राईले खतरनाक अभिनय गरेको भन्दै थापाले तरिफ गरे । मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको रातो घरका प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको ‘रातो घर’मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ ।

 

‘रातो घर’मा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर लगायतको अभिनय रहेको छ । चलचित्रले ‘कालो काम गर्नेको सेतो कथा’ भन्ने नारा बोकेको छ ।

तपाईको प्रतिक्रिया