विर विक्रम २ को रिमेक गीत सार्वजानिक (भिडियाे सहित)

तुलसी घिमिरेद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘देउता’को चर्चित गीत ‘पिरतीको मिठो तिर्सना…’रिमेक गरी सार्वजानिक गरिएको छ । हालका चल्तीका निर्देशक मिलन चाम्सले सो गीतलाई उनको चलचित्र ‘विर विक्रम २’मा समाहित गरेका हुन् । काठमाडौंमा विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सो गीतको भिडियो सार्वजानिक गरिएको हो । सो गीतमा ताराप्रकाश लिम्बु र मेलिना राईको स्वर रहेको छ । गीतको नयाँ भर्सनमा संगीत एरेञ्ज पनि ताराले नै भरेका छन् । गीतको संगीत रञ्जित गजमेरको छन् भने गीतको ओरिजिनल भर्सनमा इन्द्रजित मिजार र भारती घिमिरेले स्वर दिएका थिए भने गीतको शब्द कुसुम गजमेर र तुलसी घिमिरेले लेखका हुन् ।

चलचित्र ‘देउता’ पहिले राजेश हमाल र सृजना बस्नेतले कम्मर मर्काएको यस गीतमा ‘वीर विक्रम २ ’मा भने पल शाह, नाजिर हुसैन र बर्षा शिवाकोटीले कम्मर मर्काएका छन् । मुस्ताङमा खिचिएको यस गीतको नृत्य निर्देशक कविराज गहतराजले गरेका हुन् । सुदिप बरालको छायाँकन रहेको यस चलचित्रमा पल, नाजिर र वर्षाका अलवा बुद्धी तामाङ, देशभक्त खनाल, बिनिषा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु लगायतले अभिनय गरेका छन् । विहिबार ओएसआर नेपालबाट सार्वजानिक गरिएको यस गीत ट्रेन्डिङमा परिसकेको छ ।

तपाईको प्रतिक्रिया