लीक भयाे अहिलेसम्मकै महंगो फिल्म ‘२.०’को ट्रेलर

रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म ‘२.०’ को टिजर लीक भएकाे छ । सामाजिक सञ्जालमा लीक भएको भिडियोलाई आधिकारिक तबरले नै टिजर भनी हालिउकोप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नकारात्मक प्रतिक्रिया दिएको बताइएको छ । निर्माण पक्षले भिएिफएक्सको धेरै काम बाँकी भएका कारण फिल्मको टिजर काम सकाएर मात्र आउने भनिएपनि ट्रेलर तुरुन्तै लीक भएको थियो । सामाजिक सञ्जालमा सो फिल्मको ट्रेलर लिक भएको थियो ।

१२ सेप्टेम्बरमा नै लीक भएको यस भिडियोको आधिकारिक पुष्टि भने हुन सकेको छैन । निर्माण पक्षले शिकायत गरेपछि सो भिडियो तुरुन्तै हटाइएको थियो । रजनीकान्त, अक्षय र एमी ज्याक्सनसहितको अभिनय रहेको यस फिल्म नोभेम्बर २९ मा रिलिज हुँदैछ । शंकरको निर्देशनमा तयार भएको यो चलचित्रमा एआर रहमानको संगीत रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया