“लिलिबिली” कि डेब्यु नायिका रेविका, जस्ले प्रदिप संग गर्दैछिन रोमान्स (हेर्नुस तस्बिरमा)

ईटहरी / हरेक ब्यक्तिको आफ्नै रोजाई र शैली हुन्छ । रोजाईकै कुरा गर्दा कोहि एक युवती जो संग ब्वाईफ्रेन्ड नहोस, धूम्रपान सेवन नगरोस, रक्सी सेवन पनि नगरोस अनि सिधा-सरल देखिने मिजासिलो । हो, यस्तै युवतिको खोजिमा थिए निर्देशक मिलन चाम्स, तर फिल्मका लागि । अन्तत उनी यहि कुराको खोजी गर्ने क्रममा रेबिका गुरुङ सम्म पुगेपछि यो कुरामा पुर्णविराम लागेको छ ।फिल्मलाईनमा खोज्ने नै हो भने यस्तो स्वभावको नायिका वा मोडल भेट्नै मुस्किल पर्छ । मिलनले कुनै एक युवती वा मोडललाई फिल्मी दुनियाँमा डेब्यु गराउदै थिए तर अडिसन गराउदा पनि भने जस्तो नायिका भेटेका थिएनन ।

अन्तत मोडलिङमा स्थान जमाउदै गरेकी रेविका संग भेटे पछि भने रोजाई अनुसारको डेब्यु नायिका पाएको ठम्याए ।अब रेविकाले मिलन निर्देशित “लिलिबिली” मा नायक प्रदिप खड्का संग स्क्रीनशेयर गर्दै फिल्मी दुनियाँमा डेब्यु गर्नेछिन । सालिन र सरल स्वभावका उनले फिल्मका लागि तौल घटाएर फिट पनि भएकी छिन । यहि फिल्ममा केन्द्रित उनले अहिले आफ्नो सर्वस्व नै लिलिबिली लाई ठानेकी छिन । अहिले धमाधम लिलिबिली कार्यशाला चलिरहेको छ । एक्टिङ गर्नु सानै देखिको सपना हो उनको ।

प्रतिष्ठित ब्यानरबाट डेब्यु गर्न लागेकी रेविका आफूलाई यो निकै ठूलो चुनौती भएको ठान्छिन र उनलाई चुनौतिमै काम गर्न पनि मजा लाग्छ रे । यता निर्देशक चाम्स, उनले निरन्तर लागिरहे छिट्टै सफलता पाउने बताउछन । निर्देशक चाम्सले निर्देशन गर्ने लभस्टोरी फिल्म लिलिबिलीमा रेविकाले स्टार नायकको ट्याग पाएका प्रदीप खड्का संगै डेब्यु गर्नेछिन ।

तपाईको प्रतिक्रिया