लक्ष्मीमार्गमा मन्त्र र श्रेयाको प्रतिक्षा

बेलबारी । नयाँ बर्ष २०७६ को स्वागत गर्दै श्रोता तथा दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न दार्जिलिङको चर्चित मन्त्र ब्याण्ड र गायिका श्रेया राईले बेलबारी आउने भएपछि स्थानीय बासिन्दा उनीहरुको प्रतिक्षामा रहेका छन ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । स्थानीय डाँगीहाट युथ क्लब बेलबारी ११ लक्ष्मीमार्गको आयोजनामा यहि चैत ३० गते आयोजना हुन लागेको कार्यक्रममा मन्त्र र श्रेयाले आफना प्रस्तुतिहरु मार्फत मनोरञ्जन प्रदान गर्ने आयोजक क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिएका छन ।

न्यु ईयर ईभ नाम दिईएको सो कार्यक्रममा मन्त्रले आफना चर्चित गीतहरु प्रस्तुत गर्नुका साथै श्रेया राई र स्थानीय कलाकारहरुको समेत बजोड प्रस्तुति रहने आयोजकको दाबी छ ।

तपाईको प्रतिक्रिया

Loading…