रेखा र आर्यनको ‘रुद्रप्रिया’ लुक्समा लुकेको रहस्य

रेखा थापाको निर्माण तथा अभिनय रहेको फिल्म ‘रुद्रप्रिया’ को पहिलो मुहार सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोस्टर मध्ये एउटामा रेखाको एकल तस्बिर छ भने अर्को दुई वटा पोस्टरमा रेखा र नायक आर्यन सिग्देल प्रस्तुत छन् ।

कात्तिक २ गते, लक्ष्मी पुजादेखि प्रदर्शनमा आउने फिल्म ‘रुद्रप्रिया’ का सार्वजनिक तीन पोस्टरमा विभिन्न अर्थहरु लुकेका छन् । रेखाको आधा छोपिएको मुहारले उनी पिडामा छिन् भन्ने बुझ्न सकिन्छ । तर उनको आँखामा भने आक्रोश छ । आर्यन दुवै तस्बिरहरुमा निर्दोष देखिन्छन् । यसबाट के बुझ्न सकिन्छ भने ‘रुद्रप्रिया’ संवेदनशील विषयमा बनेको फिल्म हो । नायिका तथा निर्मात्री थापाले फिल्मको कथा अनुरुप पोस्टर तयार पारिएको बताईन् । ‘कथा अनुसारकै पोस्टर बनाइएको हो’, रेखाले भनिन्, ‘मैंले खेल्दै र बनाउँदै आएका फिल्महरु भन्दा रुद्रप्रिया भिन्न छ ।’ रेखा र आर्यनले ७ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका हुन् । ‘आर्यनलाई पनि दर्शकले फरक भूमिकामा पाउँनुहुनेछ’, रेखाले भनिन् ।

सुदिप बबी भूपाल सिंहको निर्देशन रहेको फिल्म ‘रुद्रप्रिया’ मा रेखा र आर्यनसँगै विश्व बस्नेत र राजन इशानको मुख्य भूमिका रहेको छ । संजय लामाको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । रेखा फिल्मसको प्रस्तुती रहेको रुद्रप्रियामा सरस्वती थापा र रमेश एमके पौडेल निर्माताको रुपमा रहेका छन् ।

रमाइलाे छ बाट ।

तपाईको प्रतिक्रिया