रियल स्टोरी ‘कथा काठमाण्डौ’ प्रचारको लागी इटहरीमा

इटहरी । संञ्चारकर्मी एवम निर्मात्री संगीता श्रेष्ठको निर्देशनमा तयार भइरहेको फिल्म ‘कथा काठमाण्डौ’ असोज १२ देशभरका हलमा आउने भएको छ । निर्मात्री श्रेष्ठ सहितको टोली अहिले पूर्वका बिभिन्न ठाँउमा प्रचार प्रसारको दौडाहमा छन् । सो क्रममा इटहरीस्थित रिर्पाेर्टस क्लमा पत्रकार सम्मेलन गरि फिल्मको जानकारी दिइएको छ ।

आहाना फिल्मस्को ब्यानरमा निर्मित यस फिल्ममा विजय राइको लगानी छ भने प्रियंका कार्की, आयुष्मान देसराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ । ‘हामीले फिल्म तीन भिन्न अवस्थामा रहेका पात्रको प्रेम कथा देखाउने प्रयास गरेका छौ’ संगीताले पत्रकार सम्मेलनमा जानकारी दिईन । रियल लाईफमा प्रेमी प्रेमिकाको रुपमा रहेका कलाकारद्धय प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई दर्शकले कथा काठमाण्डौ फिल्ममा भने जोडीको रुपमा देख्न पाउने छैनन् । सनेमामा प्रियंका कार्की र प्रमोद अग्रहरिको जोडीलाई देख्न सकिन्छ । आयुष्मा देशराज जोशी र प्रेक्षा अधिकारीको जोडीलाई फिल्ममा देखाइएको छ । यस्तै, अभिनेता संजोग कोइराला र सन्ध्या केसीको जोडीलाई फिल्ममा देखाइएको छ ।

काठमाण्डौमा रहेर विभिन्न क्रियाकलाप गर्दै आएका मानिसहरु र उनीहरुको समस्यालाई फिल्मले उठान गरेको निर्देशक श्रेष्ठले जानकारी दिईन । सिनेमामा गायिका इन्दिरा जोशीको विशेष भूमिका छ । प्रियङ्का र प्रमोदको बोल्ड सिनले भरिएको ‘कथा काठमाण्डौ’को गीत सार्वजनिक भए सँगै नायिका प्रियंका समेत विवादमा आएकी छिन । पत्रकार सम्मेलनमा पनि उनको उपस्थिति थिएन ।

टेलर र गितमा देखाइएको भल्गर सिन भएपनि कथा अर्काे रहेको निर्मात्री श्रेष्ठले दाबी गरिन । ‘गित हेरेर फिल्मको मुल्याकन भन्दा पनि कथा राम्रो छ, कथा बुझ्नेले छि भन्दैन’ पत्रकार सम्मेलनमा उनले भनिन् ‘समाजमा अपाच्य हुने दृश्य कतै छैन, यसलाई जमाना अनुसारको आवश्कता बुझ्नु पर्छ’ ।

फिल्म असोज १२ देशभरका हलमा आउने जानकारी दिदै श्रेष्ठले पैसा तिरेर हल छिर्दा फिल्मले जिन्दगीका बाध्यता र संघर्षको सन्देश दिने बताईन ।

तपाईको प्रतिक्रिया