रियल लाईफको जोडी स्वस्थिमा र निश्चललाइ एकै फिल्ममा देख्न पाईने

ईटहरी/ पछिल्लो समयको चर्चित जोडी स्वस्तिमा-निश्चल एकसाथ देखिने भएका छन् ।होस्टेल रिटर्न्स, जेरी, गाजलु लगायतका हिट फिल्म निर्देशन गरेका हेमराज बीसीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमाको जोडी देख्न पाइने भएको हो ।

बास्तविक जीवनको यो जोडी फिल्ममा पनि एक साथ देखिने भएका हुन् । नयाँ वर्षमा छायांकनमा जाने ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमा बाहेक स्टेजका कलाकार लिइने बुझिएको छ । फिल्म पश्चिम नेपालमा छायाकंन गरिनेछ । दुई रुपैयाँको ‘कुटुमा कुटु’ बोलको गीतमा नाचेपछि स्वस्तिमा खड्का चर्चामा आएकी थिइन् ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया