फेस अफ मारवाडीमा धरानको राहुल अग्रवाल प्रतिस्प्रधी

धरान / आगामी सावन ४ गते काठमाडौंको अन्नपुर्ण होटलमा आयोजना हुने मिस्टर एण्ड मिस फेस अफ मारवाडीको फाइनलमा धरान निवासी राहुल अग्रवाल प्रतिस्प्रधी छन् ।

धरानको दिल्ली पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत १७ बर्षीय राहुल अग्रवाल बिराटनगरमा भएको अडिशन बाट छनोटमा परेका हुन् ।उनलाई पोपुलर च्वाईस अवार्डको लागि भोट गर्न मा भएको फेस अफ मारवाडीको लिंक मा गएर राहुल अग्रवालको फोटोमा भोट गर्नका लागि MRFOM<स्पेस >५ टाइप गरि ३३००१ मा एसएमएस समेत गर्न सकिन्छ ।

सावन ४ गते चर्चित इन्डियन टिभी होस्ट करन कुन्द्रा , मिसेज इंडिया अर्थ २०१७ श्वेता चौधरी र चर्चित मोडल सिर्जना रेग्मीको बिसेष सहभागिता रहने फेस अफ मारवाडीको दोस्रो सिजनमा ८ जना युवक र ८ जना युवती गरि १६ जना प्रतिस्प्रधी रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…