राजेशपायलको ‘देउसी भैलो’ सार्वजनिक (भिडियाे सहित)

काठमाडौं / चाडपर्व नजिकिंदै गर्दा गायक राजेशपायल राईको देउसी गीत ‘देउसी भैलो’को भिडियो सार्वजनिक भएको छ । गीतकार प्रेम राईको एल्बम ‘शिरफूल शिरैमा’ सँगै आइतबार काठमाडौंमा भिडियो सार्वजनिक गरियो । गायक राजेश पायल राई, सञ्चारकर्मीहरु कृष्ण आचार्य र तुलशी बस्नेतले एल्बमको विमोचन गरे । बिनोद खम्बूको एकल संगीत रहेको एल्बममा राजेश पायल राई, मेलिना राई, सत्यकला राई, ममता राई, विनोद खम्बु, पदम राई र प्रेम राईले स्वर दिएका छन् ।

गीतकार प्रेम राईको एल्बम ‘शिरफूल शिरैमा’ मा समावेश देउसी गीतको भिडियोमा गायक राजेशपायलसँगै उमेश राई (फुलन्देकी आमा), अनु लिम्बु, दीपा तामाङ, महेन्द्र राई, अमर राई र अमर तामाङलगायतले अभिनय गरेका छन् । राकेश किरातीले निर्देशन गरेको भिडियो भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन र बुद्ध थापाको सम्पादन रहको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया