राजबिराजमा मैथली भोजपुरी स्टार धमाका सांस्कृतिक कार्यक्रम हुने

सप्तरी / मैथिली फिल्म मिसन मधेश फिल्मको प्रोमोशन कास्टिगंको अवसरमा राजबिराज मैथली भोजपुरी स्टार धमाका सांस्कृतिक कार्यक्रम हुने भएको छ ।राजबिराजमा दिनाभद्री फिल्म प्रोडक्सन लाहान प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा बैशाख २० गते सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जानकारी दिएका हुन् ।

मिसन मधेश फिल्मका निर्माता मुकेश कर्णले मधेश आन्दोलन, दलित जनजातीमाथी हुने अत्याचार, दमन, हत्याहिंसा, भेदभाव तथा मधेशमा बढ्दै गएको महिला हिंसा र बलात्कार जस्ता बिकृतिको बिरूद्वमा आधारित ऐतिहासिक कथा बस्तु सम्मलित फिल्म निर्माण गरिएको बताए । चलचित्रमा मधेशमा हुने बिकृति तथा समाजमा हुने अत्याचार विषयवस्तु समेटिएको बताए । चलचित्रकाे यही बैशाख भित्रै फिल्मको शुभारम्भ गरिने बताउदै त्यस अवसरमा बैशाख २० गते राजबिराजमा सासंस्कृतिक कार्यक्रम समेत आयोजना गरिने जानकारी दिएका छन् ।

राजबिराजस्थित राजरंगशालाको मैदानमा गरिने उक्त सांस्कृतिक कार्यक्रममा बिहारका सुपरस्टार हिरोइन काजल राहवानी, नेपालका ममता पंडित, कसिष दाहाला, समिता गिरि, अर्जुन कान्त यादब, अंजु यादब, सनु कुमार, रंजित शर्मा लगायत कालाकारहरू द्वारा भरपुर मनोरन्जन गराईने मुकेश कर्णले जानकारी दिएका छन् ।

दिनाभन्द्री फिल्म प्रोडक्सन लाहान प्रा.लि.को आयोजनामा तथा श्रीमती शिला यादब, मुकेश कर्णको लगानीमा फिल्म निर्माण भई सो फिल्म प्रोमसनको साथै बैशाख भित्र मिसन मधेश फिल्मको प्रदर्शन गरिने बताए । जनकपुरका तवलावाद, नाल बजाउने कलाकार शम्भु कर्णको दुबै किडनी फेल भएकोले उहाँको उपचारमा सहयोग पुर्याउन उद्देश्यले च्यारेटी सोबाट प्राप्त आम्दानी रकमवाट ५० प्रतिशत उहाँको उपचारमा सहयोग गरिने कलाकार अरूणकान्त यादबले जानकारी दिएका छन् ।

चलचित्रमा दिनेश्वर गुप्ता, कसिष दाहाल, रेणु दाहाल, दुलसा कोईराला, भारति गुप्ता, लगायत कालाकारले भुमिका निर्वाह गरेका छन् । चलचित्रमा निर्देशक आलम खान, सुर्या साह रहेका छन् ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…