रहेनन् कलाकार तथा गायक आरपी भट्टराई

काठमाडौं। कलाकार तथा गायक आरपी भट्टराईको निधन भएको छ । लामो समयदेखि विरामी रहेका भट्टराईको शुक्रबार विराटनगरस्थित आफ्नै घरमा निधन भएको हो । उनले दर्जनौं टेलिफिल्ममा अभिनय गरेका थिए ।त्यसमा पनि तीतो–सत्यमा ‘लाजाराम’ को चरित्र उनको निकै लोकप्रिय थियो । उनी गायक पनि हुन् । उनले गीति एल्बम पनि निकालेका छन् । कलाकार निर्माता दीपकराज गिरीले आरपी भट्टराई सुगर र प्रेसरबाट पीडित रहेको जानकारी दिए ।

‘चार दिनअघि आरपीले विराटनगर घर जान्छु भनेको थियो, आज यस्तो ऊ संसारमा रहेन,’ गिरीले भने । उनकी श्रीमती वैदेशिक रोजगारीका सिलसिलामा हाल इजरायलमा छिन् । अस्वाभाविक मोटाइका कारण उनी सधैं चिन्तित थिए । मोटाइकै कारण आफूले धेरै चलचित्रमा काम गर्न नसकेको गुनासो गर्थे ।

तपाईको प्रतिक्रिया

Loading…